गाडीको जाँचपास प्रत्येक ६ महिनामा गरेर गण्डकी सरकारले दुर्घटना न्यूनीकरणका गर्ने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयका प्रवक्ता बसन्तराज तिवारीले वातावरणीय प्रदूषण घटाउन र दुर्घटना कम गर्ने उद्देश्यले यो नयाँ नियम ल्याएको बताएको छन् ।
केही दिन पहिले अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनले पनि यस सम्बन्धी ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो । नाडाले अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको थियो । ‘जाँचपास वार्षिक रुपमा गर्ने गरी दस्तुर १ हजार लाग्ने व्यवस्था भएकोमा अब अर्धवार्षिक रुपमा ५ सय रुपैयाँ दस्तुर लाग्ने गरी जाँचपासको व्यवस्था गरिएको हो । यसबाट थप शुल्क तिर्नुपर्दैन ,’ उनले विज्ञप्ति मार्फत भनेका छन् ।