तपाईंको कारमा भएका बिभिन्न पार्ट्सहरु मध्ये कारको ब्रेकलाई एक निकै नै महत्त्वपूर्ण पार्ट्सको रुपमा लिने गरिन्छ । न्यूटनले आफ्नो पहिलो नियममा भनेझैं, “कुनै पनि वस्तु त्यसमा बराबर र विपरीत बल लागू नभएसम्म गतिमा रहन्छ ।” यो नियम अनुसार कुनै पनि सवारी साधन बाहिरी शक्ति नलागेसम्म चलिरहन्छ । यो बाह्य बल गाडीको ब्रेक द्वारा प्रदान गरिन्छ । जब ड्राइभरले ब्रेक दबाउछ, गाडीको ब्रेक शुले रिममा रगडेर, गाडीको गति कम गर्छ र अन्ततः यसलाई पूर्ण रूपमा रोक्छ ।
त्यसैले कारमा यात्रा गर्ने यात्रुहरूको सुरक्षाको लागि आफ्नो कारको ब्रेकलाई सकेसम्म राम्रो अवस्थामा राख्नु नै महत्त्वपूर्ण रहन्छ । कार मालिकहरूले सामना गर्ने सबैभन्दा सामान्य समस्याहरू मध्ये एक ब्रेक प्याडहरूले काम गर्न छोड्नु हो । त्यसो भए आफ्नो गाडीको ब्रेक प्याड बदल्ने समय आयो भनेर कसरी थाहा पाउने त् ?
१) अनौठो आवाजहरू
मानिसको रूपमा, हामीले हाम्रा इन्द्रियहरू मार्फत परिस्थितिको बारेमा बुझ्न केही सीपहरू विकास गरेका छौं । तपाइँको कारमा ब्रेक मर्मत आवश्यक छ कि छैन भनेर जान्नको लागि पहिलो चेकपोइन्ट भनेको तपाइँको कारको ब्रेकबाट आउने अनौठो आवाजहरू हो । जब तपाइँ आफ्नो गाडीमा ब्रेक दबाउनुहुन्छ, एक अनौठो आवाज आयो भने तपाइँको कार ब्रेक प्याड परिवर्तन गर्ने समय हो भनेर बुझ्न सक्नुहुनेछ ।

२) अनियमित चाल
तपाईंले कारको ब्रेक प्रयोग गर्दा, तपाईंको कार सहज रूपमा रोकिने हुनुपर्दछ । यदि तपाइँले ब्रेक हान्दा तपाइँको गाडी बायाँ वा दायाँ तिर तानियो भने, यो एक संकेत हो कि ब्रेक को एक पाटोले टायरलाई अन्य दुई भन्दा राम्रो समातेको छ । यस्तो अवस्थामा, तपाईंले तुरुन्तै ब्रेक प्याडहरू परिवर्तन गर्नुपर्छ वा वर्कशपमा लगेर आफ्नो गाडीको निरीक्षण गराउनुपर्छ ।

३) लामो ब्रेक समय
ब्रेक समय भनेको तपाईले ब्रेक पेडलमा दबाएपछि तपाईको गाडी पूर्ण रूपमा रोकिन लाग्ने समय हो । यदि तपाईंको गाडीले ब्रेक लगाएपछि रोकिन सामान्यभन्दा बढी समय लिइरहेको छ भने, सकेसम्म चाँडो ब्रेक प्याडहरू परिवर्तन गर्नुहोस् । यस्तो परिस्थितिहरूमा वास्ता नगर्नु भने ब्रेकमा थप समस्या आउछ र ब्रेक फेल पनि हुन सक्छ ।

४) चेतावनी
हरेक नयाँ महँगो कारहरु नयाँ प्रविधिहरूले सुसज्जित छन् । महँगो कारहरू कारको मेकानिकमा कुनै पनि दुर्घटनाहरूको बारेमा तपाईंलाई चेतावनी दिन यस्ता कारहरूले सामान्यतया इन्फोटेनमेन्ट स्क्रिन मार्फत प्रत्येक महत्त्वपूर्ण कम्पोनेन्टको स्वास्थ्य जाँच गर्न मद्दत गर्छन् । यदि ब्रेक प्याड तत्काल फेर्नुपर्ने आवश्यक छ भने तिनीहरूले चेतावनी सन्देशहरू पनि पठाउँछन् । तर दुखको कुरा, बजारमा बिक्री हुने सबै कारहरूमा यस्तो सुविधा उपलब्ध छैन ।
