श्रीलंका सरकारले आर्थिक संकट गहिरिंदै गएपछि अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ । श्रीलंकामा यात्रुबाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै पेट्रोल पाउने बीबीसीले स्थानीय अधिकारीहरुले बताएका छन् ।
यसका साथै, सरकारले इन्धनको अभावको कारण शहरका विद्यलयहरु दुई साताका लागि बन्द गर्ने घोषणा गरेको छ ।
अत्यवश्यक सेवाबाहेकका निजी तथा सरकारी क्षेत्र सेवालाई ‘वर्क फ्रम होम’मार्फत गर्न र देशको अवस्थालाई बुझेर घारबाहिर ननिस्कन जनतासँग आग्रह गरेको बीबीसीले जनाएको छ ।