लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गर्न ईभी मोटर्स नेपालले आज सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको छ ।

श्री गणेश इन्टरनेसनल अटोमोबाइलले सुर्खेतमा स्कुटरको आधिकारिक विक्री गर्न पाउने भएको छ । सुर्खेतको वडा नम्बर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट आज अपरान्ह २.३० बजे पत्रकार सम्मेलन सहित नयाँ शोरुम उद्घाटन गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहन माया ढकाल र मिस इन्टरनेसनल २०१७ विजेता नीति शाहबाट संयुक्त रुपमा शोरुम उद्घाटन भएको छ । मोडेल नीति शाहले स्कुटर शोरुम ओपनिंग इन सुर्खेत भनेर आफ्नो फेसबुकमा हालेको छिन ।
