पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोशी व्यारेज छेउमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
भारदहमा सशस्त्र प्रहरी अनुसार ट्रकको वाइरिङ सर्ट भएर आगलागी भएको पाइएको छ । उनका अनुसार सोमबार राति १२ बजेतिर ट्रकमा आगलागी भएर केहि बेर राजमार्ग नै अवरुद्ध भएको थियो ।
आगोलाई नेपाल तथा सशस्त्र प्रहरी एवम् दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।