पेट्रोल र डिजेलको मूल्य घटाउँदा पनि हवाई इन्धनको मूल्य नघटाईएकोमा नेपाल वायुसेवा सञ्चालक संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ति जारि गर्दै हवाई इन्धन (आन्तरिक तथा बाह्य) को खद्रा विक्री मूल्य यथावत नै राख्ने गरी निगमबाट भएको मूल्य समायोजनप्रति ध्यानाकर्षण भएको जनाईएको छ ।
संघले हवाई संचालन खर्चको ४० प्रतिशत हिस्सा हवाई इन्धनको हुने गरेको र भारत, चीन लगायतका विभिन्न मलकहरुले हवाई ईन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको स्मरण गराउँदै नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धारासायी हुनबाट बचाउन हवाई ईन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन हुनु जरुरी रहेको जनाएको छ ।
संघले हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजश्व घटाएर आयल निगमले १० रुपैयाँ प्रति लिटर भन्दा बढी मुनाफा नहुने गरी हवाई इन्धनको मूल्य समायोजन गर्न माग गरेको छ ।