महिन्द्राले काठमाडौंमा आफ्नो नयाँ सर्भिस सेन्टर खोलेको छ । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी समूहले काठमाडौं स्थित मनमैंजुमा सर्भिस र स्पेयर पार्टको सेवा दिने ‘टु एस’ नेटवर्क खोलेको हो ।
यो सर्भिस सेन्टर महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय अप्रेसन्स हेड जोयदिप मोइत्रा र अग्नी समूहका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले उद्घाट्न गरेका हुन् ।
सर्भिस सेन्टरले नेपालमा उपलब्ध रहेका सबै महिन्द्राका गाडीलाई पर्ने आवश्यक सर्भिसिङ र जेन्युन स्पेयर पार्टस्को सुविधा प्रदान गर्ने अग्नी समूहका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले बताएका छन् ।