फेरारीले २०२५ सम्ममा आफ्नो पहिलो इलेक्ट्रिक (EV) स्पोर्ट्सकार बजारमा ल्याउने भएको छ । केहि दिन अगाडी भएको फेरारीको वार्षिक लगानीकर्ता सम्मेलनमा यो कुरा खुलासा गरेको हो । २०२६ सम्ममा फेरारीले आफ्नो सम्पूर्ण लाइनअपको ६०% सम्म हाइब्रिड वा बिधुतियमा परिवर्तन गर्ने योजना बनाएको खुलासा गरेको छ ।
फेरारीले सन् २०३० सम्ममा कार्बन न्यूट्रल हुने योजना सुनाएको दिन पनि फेरारी एनभीको सेयर भने ०.७%ले घटेको थियो । स्ट्राडेल र 296 GTB गरेर कम्पनीले हाल दुई हाइब्रिड मोडेलहरू समेट्छ तर २०२३ र २०२६ को बीचमा १५ नयाँ कारहरू रिलिज गर्ने योजना बनाएको छ ।