इलेक्ट्रिक स्कुटर कम्पनीहरु बढ्दो पेट्रोलियम पदार्थको मूल्यलाई मध्येनजर गरेर ग्राहकहरुको लागि विभिन्न आकर्षक स्किमहरु सार्वजनिक गरिरहेका छन् । यसैक्रममा चाइनीज कम्पनी लेभ्निङ इलेक्ट्रिक स्कुटरले अशक्त मानिससलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ नामकरण गर्दै उक्त स्किम सार्वजनिक गरेको हो ।
अशक्त ब्यक्तिको लागि बनाइएको ३ पांग्रे स्कुटर को नाम एलएक्स ०१ मोडेल हो। यो स्कुटर जर्मन कम्पनी बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो । फुल चार्जमा राम्रो माइलेज दिने हुनाले कुनै पनि अशक्त व्यक्तिले कम्पनीको शोरुम मा गएर १० हजार भुक्तानी गरि फाइनान्स मार्फत सजिलै संग खरिद गर्न पाउनेछन ।
साथै, नविल बैंकले शून्य प्रतिशत ब्याजदरको सुविधा मिलाईदिएको छ ।
नगदमा खरिद गर्ने ग्राहकले भने १० हजार छुट पाउँनेछन् । यो योजना सुरु भइसकेको छ र नेपालभर रहेका सबै शोरुममा उपलब्ध रहेको छ । यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरु उपलब्ध गराउनु पर्नेछ ।
नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।