सरकारले शनिबार पेट्रोल प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएसँगै, सार्वजनिक यातायातको भाडा पनि ७ प्रतिशतसम्म घटेको छ ।
अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा ७ प्रतिशतसम्म र अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडा ५.४१ प्रतिशले घटेको जानकारी यातायात व्यवस्था विभागले दिएको छ। पहाडी क्षेत्रमा चल्ने मालबाहक सवारी साधनमा ६.९७ प्रतिशत भाडा घट्दा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.६८ प्रतिशत भाडा घटेको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।