कावासाकीले भारतमा ‘कावासाकी निन्जा ४००’ पहिलेको मोडलको तुलना सुधार भएर नयाँ भर्सन लन्च गरेको छ । कम्पनीले यसमा विभिन्न फिचर समावेश गरेर पहिलेको मोडल भन्दा झन् शक्तिशाली र स्टाइलिश बनाएको छ । कम्पनीले भारतमा यसको बुकिङ खोलिसकेको छ र चाडैँ नै डेलिभरी सुरु गर्ने जनाएको छ ।
पावर दिनको लागि यसमा ३९९ सीसी, लिक्विड कुल्ड, समानान्तर ट्विन मोटर इन्जिन राखिएको छ । यो इन्जिन सिक्स स्पीड गियरबक्सको साथ उपलब्ध रहेको छ ।
डिस्क ब्रेकहरूको दुवै छेउमा डुअल च्यानल एबीएस समावेश गरिएको छ ।
कम्पनीले करिब २.५ वर्षको प्रतिक्षापछि ‘कावासाकी निन्जा ४००’ भारतमा लन्च गरेको छ । कम्पनीले यो बाइक केही समय अघी मात्र अन्तराष्ट्रिय बजारमा लन्च गरेको थियो । कम्पनीले यसको प्रारम्भिक भारतिय मूल्य ४.९९ लाख रुपैयाँ तोकेको छ ।