भाविश अग्रवालको नेतृत्वमा रहेको इलेक्ट्रिक मोबिलिटी स्टार्टअप, ओला इलेक्ट्रिकले भर्खरै तमिलनाडुको कृष्णगिरिस्थित ओला फ्युचरफ्याक्ट्रीमा भएको ग्राहक कार्यक्रममा इलेक्ट्रिक कारको पहिलो लुक सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको लुक अनुसार कारमा फ्युचरिस्टिक डिजाइन दिइएको छ । यसको अगाडिदेखि पछाडिसम्म एलईडी लाइट जडान गरिएको छ । टिजरमा कारलाई रातो कलरमा प्रस्तुत गरिएको छ । ओला इलेक्ट्रिक कारमा स्लिक एलईडी हेडल्याम्प, स्लोपी विन्डशिल्ड र स्पोर्टी अलोय ह्विल समावेश गरिएको छ ।
“हामी विश्वको उत्कृष्ट उत्पादन निर्माण गर्न जाँदैछौं, यो मेरो प्रतिबद्धता हो, यो सम्पूर्ण ग्राहकहरुसँग हाम्रो प्रतिबद्धता हो । हामी सधैं संसारमा उत्कृष्ट निर्माण गर्नेछौं”, ओलाको इलेक्ट्रिक गाडीको भिडियो प्रस्तुत गरेपछि अग्रवालले भने।
कम्पनीले सो कारको मूल्य १० लाख भन्दा कम हुने जानकारी दिएको छ ।