बजाज अटोले बुधबार भारतमा आफ्नो नयाँ पल्सर एन १६० मोटरसाइकल लन्च गरेको छ । पल्सर एन १६० गत वर्ष अक्टोबरमा लन्च गरिएको पल्सर २५० जस्तै नयाँ प्लेटफर्ममा निर्माण गरिएको हो । यसमा डुअल च्यानल एबीएस (एन्टि-लक ब्रेकिङ सिस्टम) रहेको छ ।
यसमा रहेको १६५ सीसी इन्जिनले १६ पीएस पावर प्रदान गर्दछ र यसमा USB मोबाइल चार्जिङ, गियर पोजिसन इन्डिकेटर र इन्धनको खाली रिडआउटको दूरी जस्ता विशेषताहरू समावेश छन् ।
भारतीय बजारमा सिंगल च्यानल भेरियन्टको मूल्य १ लाख २३ हजार भारु रहेको छ भने डबल च्यानल भेरियन्टको १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।