नेकपा एमालेका नेता भीम रावलल सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने ।
यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेसँगै, इम्बोस्ड नम्बर प्लेटको लागी आवेदन दिनेहरुको संख्या दिनदिनै बढिरहेको पाइएको छ । तर अझै पनि मानिसहरु यो बिषयलाई लिएर केहि झुकिएको पाइएको छ। यस सम्बन्धमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले थप स्पष्ट गरेका छन् । उनका अनुसार अहिले भनिए जस्तो साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनिएको होइन ।
महानिर्देशक घिमिरेका अनुसार साउन १ देखि नयाँ दर्ता र नामसारी भएका सवारी साधनका लागि मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भनिएको हो । उनका अनुसार अन्य पुराना सवारी साधनका लागि भने नवीकरणमा जाँदा कार्यालयहरूले लट निर्धारण गरेर समय टुंगो गर्ने छन् ।