नेपाल र भारतबीचको सीमामा दैनिक हजारौँ सवारीसाधनको ठूलो आवतजावत हुने गर्छ । यति धेरै आवतजावत हुने गरेता पनि दुई देशबीच द्विपक्षीय मोटर वाहन सम्झौता भने भएको छैन । सन् १९६० को दशकमा दुई सरकारबीच भएको समझदारीका आधारमा दुई देशबीच मोटर सवारी आवागमनलाई अनुमति दिइएको थियो, जुन अहिलेसम्म जारी छ। हालको व्यवस्थाको विवरण यस प्रकार छ:
नेपालमा दर्ता भएका सवारीको लागि
- नेपाली सवारीसाधनले सोही दिन नेपाल फर्किने भएमा भारतको नजिकको नगरपालिका/बजार स्थान वा रेलमार्गसम्म नि:शुल्क सीमापार गर्न सक्छ । त्यस्ता भ्रमणहरूको लागि कुनै अनुमति आवश्यक छैन वा कुनै शुल्क वा कर तिर्नु पर्दैन ।
- भारतको भित्री भागहरू (जस्तै नजिकको बजार स्थान वा रेलहेडभन्दा बाहिर) जाने नेपाली सवारी साधनहरूका लागि वा भारतमा एक दिनभन्दा बढी बस्ने सवारी साधनहरूका लागि सवारी साधनका मालिकहरूले यहाँबाट “वाहन अनुमति” लिनुपर्नेछ । भारतीय राजदूतावास, काठमाडौं वा भारतीय महावाणिज्य दूतावास,वीरगन्ज वा विराटनगरस्थित दूतावासको क्याम्प अफिसहरुबाट अनुमति लिन सकिन्छ । (सीडीओ वा नेपाल सरकारका अन्य अधिकारीहरूलाई यी अनुमतिहरू जारी गर्नेअधिकार छैन) ।
- तोकिएको शुल्क तिरेर र आवश्यक रकमको बैंक ग्यारेन्टी पेश गर्ने लगायत तोकिएको औपचारिकता पूरा गरेपछि सवारी अनुमतिपत्र जारी गरिन्छ । सवारी अनुमतिहरू अधिकतम ३ वा ६ महिनाको लागि मान्य हुनेछ र एकल/डबल/बहु इन्ट्री गर्नको लागि प्रयोग गर्न सकिन्छ । भारतीय भूभागमा प्रवेश गर्ने र बाहिर निस्कँदा भारतीय सीमा जाँच चौकीले परमिटमा अनिवार्य रुपमा छाप हान्नु पर्ने हुन्छ ।
भारतमा दर्ता भएका सवारीको लागि
- भारतीय सवारीसाधनले सोही दिन भारत फर्किने भएमा नेपालको नजिकको नगरपालिका/बजार स्थानसम्म नि:शुल्क सीमापार गर्न सक्छ । तर, सवारी साधन मालिकहरूले नेपाली सीमा जाँच चौकीमा सवारी साधन दर्ता गरी पास/चालान लिनुपर्नेछ जुन भारत फर्किदा नेपाल भन्सार अधिकारीलाई अनिवार्य रूपमा फिर्ता गर्नुपर्नेछ ।
- नजिकैको बजार स्थानदेखि अलिक टाढा जानु परे वा नेपालका सीमावर्ती जिल्लामा रातभर बस्ने भारतीय सवारी साधनले तोकिएको दिनसम्मका लागि सवारी साधनहरूको प्रवेश दर्ता गर्नु पर्ने हुन्छ । सवारी साधनको प्रकार अनुसार २५०/- देखि ५००/- प्रति दिनको शुल्क तिर्नुपर्ने हुन्छ । नेपाली सीमा जाँच चौकीमा जारी गरेको पास/चालान आफु बसुन्जेल सधैं आफैँसँग राख्नु पर्नेछ र नेपालबाट बाहिर निस्कँदा नेपाली भन्सार अधिकारीलाई बुझाउनुपर्नेछ।
- एकदिनको ‘पास’ मा नेपाल प्रवेश गरेको भारतीय सवारी साधन सोही दिन भारत फर्किनुपर्नेछ । त्यसैगरी, निश्चित अवधिका लागि ‘पास’ भएका सवारीसाधनले ‘पास’ मिति सकिनुअघि नै नेपालबाट बाहिर निस्किएर नयाँ ‘पास’ लिएर फेरी प्रवेश गर्नुपर्नेछ । यदि कुनै अत्यावश्यक कारणले सवारी साधन नेपालमा बढी बस्नु परेमा सवारी साधन मालिकले ‘पास’ को म्याद थप गर्न नजिकको नेपाल भन्सार कार्यालय (भन्सार) वा प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । म्याद थप गर्न पुरानो अनुमति/’पास’ को समय अवधि भित्र म्याद थप को लागि सम्पर्क गरिसक्नु पर्नेछ ।
- भारतीय सवारीसाधनलाई शुल्क तिरे पनि एक महिनाभन्दा बढी नेपालमा राख्न पाइँदैन ।
- ‘पास’ नलिई नेपाली भूमिमा फेला परेका भारतीय सवारीसाधनलाई गैरकानूनी रूपमा नेपालमा तस्करी भएको मानिने छ र त्यस्ता सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई जिम्मा लगाउने छ र नेपाली भन्सार अधिकारीले केहि समय पछि लिलामी गर्ने गरेको छ । नेपाली पक्षबाट यस्तो कडा कदमले चोरी भएका भारतीय सवारी साधनको तस्करीका साथै नेपालमा भारतीय सवारी साधनको अनाधिकृत व्यावसायिक प्रयोगलाई रोक्नको लागि हो ।
अनुमतिको प्रकार र शुल्क