Monday, June 5, 2023

नाडाद्धारा चितवनमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

असार ४ गते चितवनको भरतपुरमा, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले आर्थिक बर्ष २०७९/८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता परेको बताएका छन् ।

अध्यक्ष थापाले विश्वमा विद्युतीय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए ।

सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउन्टेन्ट निकेट अग्रवालले आ—आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोबाइल्स एसोसिएसन, प्रदेश ५ को सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here