होण्डाले “होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना सार्वजनिक गरेको छ । होण्डाका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले उक्त योजना ल्याएको हो । कम्पनीका अनुसार यो योजना असार ५ गतेदेखि १० गतेसम्म मात्रै लागू हुनेछ ।
अफर अन्तर्गत कम्पनीले होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र ४ हजारसम्मको क्यासब्याक उपलब्ध गराउँने छ । यसका साथै, कम्पनीले टेस्ट राइड र फ्री चेकअपको पनि सुविधा
उपलब्ध गराएको छ ।
होण्डाले विशेष अवसर पारेर समय-समयमा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफर ल्याउँदै गरेको छ ।