असार ८ गते (भोलि)बाट सबै आन्तरिक उडान रोक्ने वायुसेवा कम्पनीहरुको घोषणा । विभिन्न मागहरु राख्दै वायु सेवा कम्पनीहरुले माग पुरा नभए सम्म असार ८ देखि फ्लाइट, हेलिकप्टर नउडाउने भनेका छन् ।
संघले मंगलबार ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो । विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।
यस्तै हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।