निजी प्रयोजनको लागि दर्ता हुने साना कार, जीप, भ्यान, माइक्रोबस र बसमा मोटर क्षमता अनुसार वार्षिक कर निर्धारण गर्न गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । त्यस्तै ५० किलोवाटभन्दा कम क्षमताको गाडीमा वार्षिक कर नलाग्ने ब्यवस्था प्रदेश सरकारले गरेको छ ।
५० किलोवाट माथि १२५ किलोवाटसम्मको गाडीमा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्मका गाडीमा १५ हजार र २०० किलोवाट माथिका गाडीमा २० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।