केहि समय अघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आएको छ ।
हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । जजीरा एयरलाइन्सले हप्ताको तीन वटा उडान सञ्चालन गर्ने अनुमति लिएर आफ्नो तालिका अनुसार उडान सञ्चालन सुरु गरिसकेको छ ।
त्यस्तै जजीरा एयरलाइन्समा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जाँदा टिकटदर आठ हजार रूपैयाँ सस्तो पर्ने भएको छ ।
अब जजिरासँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य दुई विदेशी वायुसेवा कम्पनीहरुले पनि नियमित उडान थाल्ने भएका छन् । विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालका अनुसार उडानका लागि उक्त कम्पनीहरुले प्रक्रिया अघि बढाईसकेको छ ।
एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले भैरहवा विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेका छन् ।