एक सय ८५ जना यात्रु बोकेको स्पाइस जेटको विमान पटनाबाट नयाँ दिल्लीका लागि उडदा आकाशमै आगो लागेको छ ।आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको हो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् ।
पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् । उडिरहेको विमानमा लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएका थिए ।