लाइसेन्सको ट्रायल दिने क्रममा फेल भईयो तर आफुलाई पास भइएको छ जस्तो लाग्छ भने एउटा निवेदन दिएर सिसिटिभी फुटेज चेक गर्न सकिने नियम छ । त्यसको लागि कुनै दस्तुर तिर्नु पर्दैन थियो । तर बागमती प्रदेश सरकारले भखरै ल्याएको आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनले आवेदन दिँदा ५ सय रुपैयाँ दस्तुर तिर्नु पर्ने व्यवस्था गरेको हो ।
परिक्षार्थीले अनावश्यक किचलो निकाल्दै सिसिटिभी फुटेज चेक गर्न निवेदन दिन ट्रेन्डनै बस्न थालेपछि यातायात कार्यालयहरुको सिफारीसमा प्रदेश सरकारले नयाँ कर निर्धारण गरेको हो ।
सरकारले लिएको यो निर्णयसँगै लाइसेन्स बनाउने क्रममा निम्तने विवाद परिक्षण सहज हुने यातायात कार्यालयहरुको बुझाई रहेको पाइन्छ ।