नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्टल बाँडफाँडको काम सम्पन्न भएको छ । एशोसिएशनले भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२२ को लागि स्टल बुकिङ खुला गरेको थियो ।
एशोसिएशनका अनुसार रजिष्ट्रेशन खुला गरेको २ दिनमै सबै स्टल बुकिङ भएको थियो । स्टल बाँडफाँड कार्यक्रममा अटो शोको व्यवस्थापन कम्पनी ग्लोबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा अटो शो समितिका पदाधिकारी र विभिन्न कम्पनीका प्रतिनिधिको उपस्थिति रहेको
थियो ।
यसपालिको अटो शोमा विद्युतीय सवारी साधनलाई प्राथामिकता राख्ने अटो शो संयोजक अनुप बरालले जनाएका छन् ।
नाडा अटो शो कारोना महामारीका कारण विगत दुई वर्षदेखि हुन सकेको थिएन । यसपाली भव्य रुपमा सम्पन्न गर्नको लागि नाडा अटो शो समितिका पदाधिकारीहरु लागि रहेका छन् ।