आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटरको कर फागुन मसान्तसम्ममा तिर्नेलाई लागेको सम्पूर्ण जरिवाना मिनाह गर्ने घोषणा गरेको छ ।
हिजो सार्वजनिक गरेको बजेटले पुराना कर तिर्न बाँकी रहेका सवारीधनीलाई सहुलियत दिन यो सम्पूर्ण कर तिर्दा लाग्ने जरिवानामा छुट दिने भएको हो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्कटेलले हिजो बजेट सार्वजनिक गरेका हुन् । बजेटमा भनिएको छ, ‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एबं अन्य दुई पाङ्ग्रे सवारीसाधनको कर सम्बत २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु ।’