आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै बागमती प्रदेशले अब राजमार्गमा प्रदुषण जाँच गर्ने ब्यवस्था गरिने उल्लेख गरेको छ । सरकारले राजमार्गमा नै उपयुक्त स्थानमा निजी क्षेत्रसँगको सहकार्यमा रिफ्रेस एन्ड ट्रान्सफर सेन्टर तथा प्रदुषण परिक्षण सेवा संचालनमा ल्याउने भएको छ ।
साथै, संघिय सरकारसँग सहकार्य गरेर बागमती प्रदेश सरकारले सवारी प्रदुषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्ने बजेटमा उल्लेख छ । बजेटले यातायाता क्षेत्र विकास र सुधारको लागि मकवानपुर जिल्लामा ट्रक पार्क, साइसेन्स वितरण प्रक्रिया स्वाचालित बनाउने, यातायात कार्यालयहरुमा रहेका अभिलेखहरुलाई डिजिटाइजेशन गर्ने, यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा डिजिटलाइज गर्ने जस्ता विषय उल्लेख गरेको छ ।
विद्युतीय साधनको लागि भने निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर आवश्यक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।