Monday, May 29, 2023

काठमाडौँ ल्याण्ड हुन नसकेका २ भारतीय जहाज भैरहवा नगई भारत नै फर्किए, किन भारतले भैरहवा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल मान्दैन ?

हिजो मात्र काठमाडौँको मौसममा खराबी आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धअन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना थियो । गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्थ्यो ।

तर फेरी आज पुरानै कुरा दोहोर्याइएको छ । काठमाडौँमा अवतरण गर्न नसकेका २ भारतीय जहाज भने डाइभर्ट भएर भैरहवा नगई भारत नै फर्किए । नयाँ दिल्लीबाट काठमाडौँ आएका इन्डिगो र भिस्तारा एयरका जहाज काठमाडौँमा अवतरण गर्न नसकेपछि भैरहवा जानुको सट्टा भारतको लखनउमा गएर अवतरण भए । नेपालमा दोश्रो विमानस्थल नहुँदा कुनै जहाज डाइभर्ट गर्नु पर्ने अवस्था आउँदा भारतको पटना र लखनउमा डाइभर्ट हुँदै आएका थिए । अहिले नेपालमै अर्को अन्तराष्ट्रिय विमानस्थल सुरु भैसकेपछि पनि भारतीय जहाजहरु डाइभर्ट हुनुपर्दा भारतनै फर्किएका छन् ।

काठमाडौँको मौसम सफा छैन् भनेर इन्डिगो र भिस्ताराको जहाजलाई, सिमरा क्षेत्रमा हुँदै काठमाडौँको मौसमबारे जानकारी गराएको थियो । जहाजसँग त्यस छेत्रबाट नजिक पर्ने भैरहवा, पटना वा लखनउमा अवतरण गर्न सकिने ३ विकल्प थियो । तर, २० मिनेटको उडानमा अवतरण हुन सक्ने भैरहवा विमानस्थल छोडेर दुबै कम्पनीका विमान १ घण्टा उडेर लखनउ पुगेर अवतरण भए ।

त्यस्तै केहि समय अगाडी बुद्धजयन्तिको अवसर भारतीय प्रधानमन्त्रि लुम्बिनी आएका थिए । सो अवसरमा पनि मोदीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेको थिएनन् । लुम्बिनीबाट केहि टाढा रहेको भारतकै विमानस्थलमा आएर त्यहाँबाट पुन हेलिकप्टरमा लुम्बिनी आएका थिए ।

भारतले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल नमानेका कारण भारतीय वायुसेवा कम्पनीका विमान नजिकको विमानस्थल छोडेर लखनउ फर्किएको नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतले बताएको छ । अर्कोतर्फ, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनेका कारण पनि भारतीयहरु यसप्रति सकारात्मक छैन ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here