नागरिक एपमा नयाँ अपडेट गरिएसँगै नयाँ सुविधा थप भएका छ । अब प्रयोगकर्ताले आफ्नो ड्राइभिङ लाइसेन्स लिंक गरी हेर्न सकिने सुविधा थप भएको छ । एपको पछिल्लो भर्सनमा लाइसेन्स लिंक गर्ने सुविधा थपिएको हो ।
यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोडिएको हो । अहिले केहि बगको कारणले गर्दा लाइसेन्समा आफ्नो फोटो भने देखिदैन त्यसैले एपलाई फेरी अपडेटको लागि पठाईएको छ र उक्त अपडेट आएसँगै फोटो सहितको ड्राइभिङ लाइसेन्स देखिने नागरिक एपले जनाएको छ ।
नागरिक एपमा सम्भव भए सम्मका सबै सरकारी सुविधा उपलब्ध गराउने योजना अनुसार विभिन्न सुविधा क्रमशः थप हुँदै गएका छन् ।