कोभिड-१९ महामारी अगाडि नियमित उडान भैरहेको जनकपुरमा कोभिडले उडान स्थगित गरेको थियो । तर फेरी श्री एयरलाइन्सले काठमाडौं–जनकपुर रुटमा उडान सुरु गरेको छ । बुधबार अर्थात् आजदेखि यो रुटमा दैनिक उडान सुरु गरिएको छ ।
काठमाडौंबाट १२ः३५ मा उड्ने जहाज जनकपुरबाट १ः३० मा काठमाडौं प्रस्थान गर्ने भएको छ । यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ ।