सबै शिक्षक र विद्यार्थीले लेभ्निङ ब्रान्डको स्कुटर १० हजार रुपैयाँमै खरिद गर्न मिल्ने सुविधा ल्याइएको छ । बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले ‘तपाईको रोजाई कति छ ?’ नामकरण गर्दै स्किम सार्वजनिक गरेको हो ।
स्किम अन्तर्गत शिक्षक वा विद्यार्थीले पहिले डाउनपेमेन्ट मार्फत १० हजार नगद बुझाउनु पर्नेछ । साथै, नविल बैंकले शून्य प्रतिशत ब्याजदरको सुविधा मिलाईदिएको छ ।
नगदमा खरिद गर्ने शिक्षक वा विद्यार्थीले भने १० हजार छुट पाउँनेछन् । यो योजना सुरु भइसकेको छ र नेपालभर रहेका सबै शोरुममा उपलब्ध रहेको छ । यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरु उपलब्ध गराउनु पर्नेछ ।
नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।