नेपाली बजारमा चेरीको टिग्गो ८ प्रो सार्वजनिक भएको छ । चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो भित्रिएको जनाएको छ । केहि दिन अघि यो कारको टेस्ट ड्राइभ आयोजना गरिएको थियो । कम्पनिले अब यो कार नेपाली बजारमा निकै नै रुचाइने अनुमान गरेको छ ।
चेरी टिग्गो ८ प्रोमा दिइएको इन्जिनले अधिकतम पावर १४५ किलोवाट र टर्क २९० एनएम जेनेरेट गर्दछ । यसमा ७ डीसीटी गियरबक्स रहेको छ । यसले ८.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ भने इन्धन खपत प्रति १०० किलोमिटर ६.८ लिटर जति कम गर्छ ।
चेरी टिग्गो ८ प्रोमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट भ्वाइस कमान्ड, मल्टी फङसनल स्टेयरिङ ह्वील, हाई डेफिनेसन टचस्क्रीनका, वायरलेस चार्जर, १२.३ इन्चको आकर्षक इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टमका साथै ८ इन्चको एलसीडी एयर कन्डिसनर सिस्टम जस्ता बिशेषता पाउन सकिन्छ ।
चेरी टिग्गो विभिन्न ६ कलर अपसनमा उपलब्ध हुनेछ – रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लू, न्यू खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड र यसको मूल्य नेपाली बजारमा ९९ लाख ५० हजार हुनेछ ।