नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको केन्द्रिय भवन बुटवलमा निर्माण हुने लागेको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको उपस्थितिमा आइतबार भवन शिलान्यास गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष तुल्सिराम न्यौपाने, वडा नम्वर २ का वडा अध्यक्ष सुनिल शाक्य, महासचिव टिकादत्त अधिकारीको उपस्थिति रहेको थियो ।
मेयर खेलराज पाण्डेले शिलान्यास गर्दै अटो क्षेत्र बारे जानकारी पहिलै देखि राख्दै आएको जनाएका छन् । साथै, उनले यस क्षेत्रलाई चाहिने व्यवसायीकै योजना अनुसार सहयोग गर्न तयार रहेको बताए ।
उनले थपे, ‘मैनावगरमा अटो इन्जिनियरिङ कलेज स्थापना गर्न आफू पनि लाग्नेछु ।’
हाल नगरपालिकाको २५ लाख र संस्थाको २५ लाख गरी ५० लाखको लागतमा निर्माण हुने भवनका लागि हाल बुटवल उपमहानगरपालिकाले ५ लाख रूपैया उपलब्ध गराएको महासंघका अध्यक्ष जनार्दन गैरेले बताए ।