बजाज अटो लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी, चेतक टेक्नोलोजी लिमिटेडले, महाराष्ट्रको अकुर्डीमा आफ्नो सबैभन्दा नयाँ प्लान्टबाट चेतक इलेक्ट्रिक स्कुटर उत्पादन गरिसकेको छ । बजाज ग्रुपका इमेरेटस अध्यक्ष स्वर्गीय राहुल बजाजको जन्मजयन्तीको अवसरमा कम्पनीको नयाँ प्लान्टको उद्घाटन गरिएको हो ।
सन् १९७० मा कम्पनीले पुनेको अकुर्डीमा नै रहेको प्लान्टबाट चेतक स्कुटरको उत्पादन सुरु गरेको थियो । कम्पनीले हालसम्म चेतक इलेक्ट्रीक स्कुटर १४ हजार यूनिट उत्पादन गरेर बजारमा विक्री गरेको छ । अहिले पनि भारतका विभिन्न सहरबाट चेतक बुकिङ गरेर बस्ने १६ हजार ग्राहक रहेको कम्पनीले जनाएको छ ।
नयाँ प्लान्ट स्थापना गर्न बजाजले ७ अर्व ५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ । नयाँ प्लान्ट स्थापनासँगै अब कम्पनीले आफ्नो उत्पादन अझै तिर्व रुपमा बढाउने लक्ष्य राखेको छ । ५ लाख वर्ग फिटमा फैलिएको यो प्लान्टले ११ हजारजनालाई सजिलै रोजगारी प्रदान गर्ने छ ।
बजाजको यो नयाँ इलेक्ट्रीक स्कुटर चाँडै नेपालमा आउन सक्ने देखिएको छ । अहिले पनि बजाज अटो क्राफ्टले बजाजका मोटरसाइकल नेपालमा नै एसेम्बल गर्दै आएको छ ।