स्कोडाले र्यापीडको एम्बीसन अटोमेटीक भेरियन्ट गाडीमाखरिद गर्ने ग्राहकलाई शून्य ब्याजदरमै गाडी किन्ने अवसर उपलब्ध गराईदिएको छ । यो अफर स्कोडा मोटर्सको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू स्कोडाले सार्वजनिक गरेको
हो ।
ग्राहकले गाडी खरिद गर्दा पहिला ५० प्रतिशत रकम अनिवार्य जम्मा गर्नुपर्ने छ । त्यसपछि ग्राहकले ४ वर्षको समय अवधि भित्र बाँकी रकम सम्बन्धित बैंक तथा वित्तिय संस्थामा बुझाउनु पर्नेछ । कम्पनीको यो बिना ब्याज अफरमा ग्राहकले ४८ किस्ता सम्पूर्ण कर्जा भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।
अहिले यो गाडीको मूल्य ५० लाख ९० हजार रहेको छ । ग्राहकले पहिलो चरणमा ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ जसअन्तर्गत २५लाख ४५ हजार रुपैयाँ डाउन पेमेन्टमा रहने गर्छ । यसका साथै, ग्राहकले कर्जा बापत मासिक ५३ हजार रुपैयाँ मासिक किस्ता बुझाउनु पर्ने हुन्छ ।