भैरहवाको पडसरीमा भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले नयाँ शोरुम खोलेको छ । नेपालका लागि आधिकारीक आयातकर्ता सिप्रदीले आफनो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको भैरहवामा शुभारम्भ गरेको हो ।
टाटा मोटर्सको नयाँ शोरुम कम्पनीको डिलरशिप मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ र ग्राहकहरूलाई सुविधाजनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित छ । टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिप कर्मचारीहरूलाई तालिम दिइएको छ र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिनेछ ।
टाटा मोटर्स र सिप्रदी टेडिङको प्रतिबद्घता अनुसार आफ्नोे सजांल नेपालभरी फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको कम्पनीले जनाएको छ ।
शोरुमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिप्रदीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजङ्ग सिजापती साथै एम्रल्ड मोटर्सका अध्यक्ष योगेश घिमिरेको सहभागीता रहेको थियो ।शोरुममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।