आगामी आर्थिक वर्ष २०७९/०८० देखि चितवनमा चालक सवारी अनुमतिपत्र वितरण गर्ने भनेसँगै ८ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ। २ बिघा ३ कठ्ठा क्षेत्रफलमा भरतपुरका १५ जना युवाको युक्त लगानीमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो।
यो ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भएर असारको पहिलो साताबाट संचालनमा आउँने र २४ सै घण्टा सेवा दिने ट्रायल सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकारी दिए। ट्रायल सेन्टरमा दुई पाङग्रे सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था रहेको छ ।
हाल प्रशिक्षण केन्द्रमा १५ ओटा कार, ५० ओटा मोटरसाइकल, २५ ओटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध हुनेछ ।