नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ । १२५ जनाको सहभागितामा यो ट्रेनिङ बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्या सँग जुध्न र उहाँहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा राखेका छन् । सबै क्षेत्रका व्यवसायीको ब्यवसायीक कार्यक्षमता विकास आवस्यक रहेको उनले बताए ।
भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए । त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उहाँले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुन गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।
राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भि सि टी एस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने जनाएका छन् । कर छल्ने प्रवृतिपूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले भने, कर छलीमा राजश्व अनुसन्धानले सून्य सहन सिलताको नीति अपनाउने धारणा राखे ।
कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्य यमुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।