हुन्डाई क्रेटा एन लाइन एसयुभी अन्तर्राष्ट्रिय बजारका लागि आधिकारिक रुपमा सार्वजनिक भएको छ । यो एसयुभी लोकप्रिय क्रेटा कम्प्याक्ट एसयूभीको स्पोर्टियर भर्जन हो । नयाँ एसयुभी अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएसँगै भारतमा पनि केही समयपछि लन्च हुने कम्पनीले जनाएको छ ।
नयाँ क्रेटा एन लाइन विश्व बजारमा हालको हुन्डाई एन लाइन मोडल जस्तै साना मेकानिकल अपडेटका साथ उपलब्ध रहेको छ । यसको अगाडी भागमा लामो बम्पर रहेको छ । यसको फ्रन्ट फन्डरहरूमा नयाँ एन-लाइन ब्याजिङ समावेश गरिएको छ । यसका साथै, यसमा नयाँ डिजाइनका साथ १७ इन्चको अलॉय ह्वील , त्रिकोणीय आकारको फग लाइटहरू र अगाडि कालो स्किड प्लेट राखिएको छ ।
दक्षिण अमेरिकी बजारमा नयाँ एसयुभी १.० लिटर पेट्रोल इन्जिनसहित ल्याइएको छ, जसले ११८ बीएचपी र १७२ एनएम टर्क उत्पादन गर्दछ । यद्यपि भारतमा यसको नयाँ अपडेटेड भर्जन आउँन सक्ने सम्भावना रहेको छ जसमा १.४-लिटर टर्बो-पेट्रोल मोटर हुनसक्छ र यसले १३८ ११८ बीएचपी र २४२ एनएम टर्क उत्पादन गर्दछ ।
भारतीय मिडियाहरुको अनुसार यो मोडल २०२३ सम्ममा भारत आउँने छ ।