नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय ट्रकहरूले तोकेभन्दा बढी सामान ओसारेको भन्दै जरिवाना शुल्क वृद्धि गर्न माग गरेको छ। यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेको हो ।
हाल ट्राफिक प्रहरीले कानुनमा तोकेभन्दा अत्यधिक भारवहन भएपनि १५ सय रूपैयाँसम्म मात्र जरिवाना तिराएर त्येत्तिकै गरेको महासंघले आरोप लगाएको छ । यति जरिवानाले मात्र नपुग्ने र जरिवाना वृद्दि गर्दा डाईभरहरुमा चेतना नआउँने र कानुनमा तोकेको मात्र भारवहन गर्ने महासंघले नजाएको छ ।
यसका साथै, महासंघले ट्रकमा अत्यधिक भारवहन भए ठाँउको ठाँउ ओराल्न आग्रह गरेको छ । त्यस्ता ट्रकलाई कि यातायात कार्यालयमा चलान गर्ने कि त सामान बढी भए झार्न महासंघको माग छ।