Sunday, June 11, 2023

आफ्नो बाईक र स्कुटरलाई विद्युतीय बनाउन अब मात्र ७० देखि ८० हजार रुपैयाँ

धेरै नै छोटो समयमै सुन्दर यातायात प्रालिको भगिनी संस्था, सुन्दर अटो इन्जिनीयरिङ प्रालिले १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ । पेट्रोलियम पदार्थको मूल्य धेरै नै बढ्न थालेपछि यसको खपत घटाउने उद्देश्यले कम्पनीले एक महीनाअघि सवारीसाधनलाई विद्युतीयमा परिणत गर्ने काम थालेको थियो ।

यस समयमा कम्पनीले १ हजार ३२८ ओटा विद्युतीय सवारीसाधन तयार गरेको छ । काठमाडौंको धुम्बाराही र काठमाडौं बाहिरका लागि बुटवलको कालिकानगरमा रहेका आफ्नै प्लान्टबाट मोटरसाइकल र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गरेको हो ।

सुन्दर अटोले विदेशबाट पार्टपुर्जा आयात गरी विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्देश्यले २ वर्षपहिले नै करीब १ अर्ब लागतमा बुटवलमा एसेम्बल प्लान्ट स्थापना गरेको थियो ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुलाई विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको कम्पनीले अहिलेलाई भने दुईपांग्रे सवारीसाधनमा मात्र काम गर्दै आएको छ । तर केही महीनाभित्रै चारपांग्रे गाडी पनि यो काम सुरु गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।

दुईपांग्रेलाई विद्युतीयमा रूपान्तरण गर्न ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने कम्पनीले बताएको छ । यस्तै ८०० सीसीसम्मको कारलाई विद्युतीयमा रूपान्तरण गर्न १४ लाख रुपैयाँसम्म खर्च लाग्ने सुन्दर अटोका इन्जिनीयर पाण्डव पौडेलले जानकारी दिए ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here