पछिल्लो मोडेलको मारुती स्विफ्टले, ग्लोबल एनसीएपीद्वारा गरिएको क्र्यास टेस्टमा निकै निराशाजनक मात्र २-स्टार सेफ्टी रेटिङ हासिल गरेको छ । क्र्यास टेस्ट एजेन्सीले एन्ट्री-लेभल LXI ट्रिमको परीक्षण गरेको थियो, जुन डुअल एयरब्याग, ISOFIX चाइल्ड सिट माउन्ट र एबीएससँग बजारमा उपलब्ध रहेको छ । स्विफ्टले वयस्क र बालबालिका दुवै विधामा मात्र २ स्टार प्राप्त गर्यो ।

ग्लोबल एनसीएपीका अनुसार मारुति स्विफ्टले कम सेफ्टी रेटिङ पाउनुको मुख्य कारण भनेको चालकको छाती क्षेत्रमा भएको उच्च कम्प्रेसन हो । कम स्कोर आउनुको अन्य कारणहरूमा भनेको यसको अस्थिर संरचना र प्याडलहरूले चालकको खुट्टामा पुग्ने कमजोर सुरक्षा हो ।
वयस्क सुरक्षा सन्दर्भमा, स्विफ्टले चालक र यात्रुको टाउको र घाँटी राम्रो सुरक्षा प्रदान गर्ने टेस्टले देखाएको छ । तर, चालकको छातीमा भने कमजोर सुरक्षा देखाएको छ । त्यस्तै बालबालिकाको सुरक्षाको सन्दर्भमा, ग्लोबल एनसीएपीका अनुसार, ३ वर्षको बालबालिकाको सिटमा ISOFIX र शीर्ष टिथरको साथ FWF स्थितिमा जडान गरिएको थियो र यसले छातीमा राम्रो सुरक्षा प्रदान गर्दै अत्यधिक अगाडि बढ्नबाट रोक्न सफल भएको थियो । टेस्टले टाउको र छातीको लागि भने कमजोर सुरक्षा देखाएको थियो ।