Monday, June 5, 2023

चौधरी ग्रुपको बहुप्रतिक्षित विद्युतीय कार ‘नेटा भी’ नेपाली बजारमा

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले वातावरणमैत्री विद्युतीय सवारी ‘नेटा भी’ सार्वजनिक गरेको छ । विद्युतीय सवारी ब्रान्ड नेटाको ‘नेटा भी’ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरिएको हो । सरकारको पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै अब पेट्रोलियम पदार्थको खपत घटाएर आयात घटाउने योजनामा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार सार्वजनिक गरेको कम्पनीको भनाइ छ । नेटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ ।

विश्व वातावरण दिवसको अवसर पारी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विभिन्न प्रतिष्ठित व्यक्तिहरुद्वारा एक कार्यक्रमका बीच सो कार हिजो सार्वजनिक गरिएको छ । पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफुहरुले विद्युतीय सवारीको प्रवद्र्धन गरेको सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

कम्पनीका अनुसार नेटा भीलाई एक पटक फुल चार्ज गरेपछि ३८० भन्दा बढी किलोमिटरसम्म सजिलै गुडाउन सकिनेछ । अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको याे कारमा ३८.५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। कारमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ । विभिन्न ५ रंगमा उपलब्ध कारको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here