बजाज मोटरसाइकलले ३ मोडलको मूल्य बढाएर नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हिजोदेखि लागु हुनेगरि मूल्य बढाएको हो ।
कम्पनीले बजाजको महाएक्सेन्ज मेलाको अवसर पारेर पल्सर २२०एफ ३ लाख ७४ हजार ९ सय रुपैयाँमा दिएको थियो । तर सरकारले बाइकको करमामा मूल्यवृद्दि गरेसँगै अब यसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यसका साथै, पल्सर १५० एसडी र एभेन्जर २२० क्रुजको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि भएर क्रमश २ लाख ८२ हजार ९ सय र ३ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।