विमानस्थलका प्रवक्ता श्यामकिशोर शाह अनुसार अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जाँदा टिकटदर आठ हजार रूपैयाँ सस्तो पर्ने भएको छ ।
व्यावसायिक उडान सुरु गरिरहेको जजिराले, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केहि सेवाशुल्क छुट पाएको पनि शाहले बताए। ‘जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पाएको हो,’ उनले भने ।
एयरबस ३२० निओ जहाजले सेवाशुल्क वापत करिब एक लाख रूपैयाँ छुट पाएको छ। विमानस्थल नयाँ भएको कारण अरु वायुसेवा कम्पनीहरूको आकर्षण बढाउन गरिएको यो प्रस्ताव जेठ ३ गते मन्त्रिस्तरीय निर्णयबाट पारित भएको थियो।
एक सय ७४ यात्रु क्षमता भएको जजिराले अहिले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ । रोजगारका लागि कुवेत जान काठमाडौं आउनुपर्ने झन्झट अब झेल्नु नपर्दा भैरहवा र त्यस आसपास बासिन्दाहरु खुशी भएको छन् ।