हरेक वर्ष झैँ नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।
स्टलको लागी जेठ २६ देखि ३० गतेसम्म बुकिङ रजिष्ट्रेशन खुलाईने भएको छ। सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको यो १५औं संस्करण हो । नाडा अटो शोका लागि ठाउँ साँघुरो भएकाले गोला प्रथामार्फत स्टल उपलब्ध गराइने नाडा अटो शो समितिका सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, बैंक तथा वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्याईएको छ । अटो शोमा यसवर्ष व्यवसायिक सवारी साधनलाई पनि समावेश गराईनेछ ।