जर्मन लक्जरी कार निर्माता कम्पनी, मर्सिडिज बेन्जले एक ठुलो निर्णय गरेको छ । कम्पनीले विश्वभरबाट करिब १० लाख वटा कारलाई फिर्ता बोलाएको हो । SUV श्रृंखला मा धेरै कार मोडेलहरुमा ब्रेक प्रणाली संग समस्या उत्पन्न भएको छ । यही समस्याको कारण कम्पनिले विश्वभरबाट ९ लाख ९३ हजार ४०७ वटा कार फिर्ता बोलाएको हो ।
२००४ देखि २०१५ सम्म निर्मित SUV शृङ्खलाका ML, GL र R-क्लास लक्जरी मिनिभ्यान मोडलहरूमा ब्रेक पेडलहरूमा समस्या भएको पाइयो, जसले गर्दा ब्रेकिङ प्रणालीमा खराबी पाइएको छ । त्यसैले यी तीन मोडलका दश लाख कार फिर्ता गर्न र कमजोरी सच्याई फिर्ता गर्ने निर्णय कम्पनिले गरेको छ । कुल ९ लाख ९३ हजार ४०७ कार फिर्ता बोलाइएको छ । जसमा जर्मनीमा मात्रै ७०,००० कारहरू समावेश छन् ।