बजाज एक्सचेन्ज महामेलाको अवसरमा पारेर कम्पनीले पल्सर २२० एफ २० हजार कममै दिई रहेको छ । यसको समय अवधि पर्सिबाट सकिदै छ । यसको मतलब भोलि सम्म खरिद गर्ने ग्राहकले २० हजार कममै पाउँनेछन् । सरकारले आगामी आर्थिक वर्षमा (२०७९-८०) २०० सीसीभन्दा माथिको मोटरसाइकलको कर बढाएको छ । योसँगै एक्सचेन्ज महामेला पछि पल्सर २२० एफको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।
हाल यसको नेपाली बजारमा मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
साथै, एक्सचेन्ज महामेलामा ग्राहकले बजाजका कुनै पनि मोटरसाइकल तथा स्कुटर नगदमा खरिद गर्दा १० हजारसम्मको छुट पाउँनेछन् । कम्पनीले ग्राहकलाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्ने सुविधा पनि उपलब्ध गराईदिएको छ ।
मेला अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँगबजाजको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्दछन् । यसबापत कम्पनीले मूल्याङ्कनका आधारमा ग्राहकलाई १० हजार रकम उपलब्ध गराउँने छन् ।
मेलामा मोटरसाइकल चेकअप क्याम्प, फ्रि एशोसिरज, एकै स्थानमा १८ भन्दा धेरै भ्यालुएटर,टेष्ट राइड जस्ता सुविधाहरु रहेका छन् । यसका साथै, हरेक दिन लक्की ड्र मार्फत ग्राहकले सामसङ मोबाइल जित्न सक्नेछन् ।
मेला जेठ १८ गतेदेखि २४ गतेसम्म चल्ने नेपालको लागि बजाज मोटरसाइकलका आधिकारिक वितरक हुलास चन्द एण्ड कम्पनीले जनाएको छ ।