Sunday, June 11, 2023

टुटल/पठाओ जस्ता राइडिङ एप नभएको भए के हुन्थ्यो ? यस्तो भन्छन् काठमाडौँका बासिन्दाहरु

काठमाडौँमा नेपालीले चलाउने मोबाइल एप्पहरु मध्ये पठाओ र टुटल हाल सबैभन्दा लोकप्रिय एपहरू हुन्, जसलाई धेरै संख्यामा मानिसहरूले दैनिक रूपमा प्रयोग गर्छन् । सबै मानिसहरुसँग आफ्नो निजि सवारी हुदैन । त्यसैले पठाओ र टुटलको छिटो र झन्झटमुक्त यातायात सेवाप्रति मानिसहरू आकर्षित भएका छन् ।

साथै, सार्वजनिक सवारी साधन, भिड या धेरै समय पर्खिदा पनि उपलब्ध नभएको अवस्थामा स्मार्टफोनबाट सजिलैसँग यी एपहरु प्रयोग गरेर सवारी बुकिङ गर्न सकिन्छ । साथै, भाडा मूल्य पनि नेपालको महँगो ट्याक्सी सेवाको तुलनामा यस्ता राइडिङ सेवाहरु निकै नै सस्तो छन् ।

पठाओ को बारेमा

पठाओ मूलतः ढाका, बंगलादेशमा मुख्यालय रहेको बंगलादेशी अन-डिमान्ड डिजिटल प्लेटफर्म कम्पनी हो । ‘पठाओ’ शब्दले बंगाली र नेपाली दुवैमा ‘पठाऊ’ भन्ने अर्थ बुझाउँछ ।

सुरुमा एक डेलिभरी कम्पनी रहेको पठाओ २०१६ मा राइड-सेयरिङ प्लेटफर्ममा परिणत भयो । सेप्टेम्बर २०१८ मा पठाओले नेपालमा आफ्नो सेवा सुरु गर्यो । कम्पनीले २४ सेप्टेम्बर २०१८ मा बाइक सेवाहरू र ९ अगस्त २०१९ मा कार सेवाहरू सुरु गरेको थियो । साथै, यसले २ अक्टोबर २०२० मा खाना डेलिभर पनि गर्न थाल्यो । पठाओमा सवारी बुकिङ गर्न सजिलो छ र सामान्यतया तपाईको स्थान अनुसार सवारी आइपुग्न केही समय लाग्छ । यदि नजिकै उपलब्ध छन् भने एक राइडरको आइकन वरिपरि घुमिरहेको देख्न सकिन्छ । यसले सवारी आफ्नो नजिकै उपलब्ध छ कि छैन भन्ने बारे जान्न सजिलो बनाउँछ ।

Invite & Earn सुविधा पनि पठाओ एपमा रहेको छ, जहाँ कसैले साथीलाई पठाओ रेफर गर्न सक्छ र बदलामा सवारी र खानामा छुट भौचरहरू प्राप्त गर्न सक्छ । तर कहिलेकाही पठाओले फुड भौचर, चलचित्र प्रक्षेपण इत्यादिका बारेमा धेरै सूचनाहरू पठाउँछ जुन कुरा सबै प्रयोगकर्ताको लागि चित्तबुझ्दो कुरा नहुन सक्छ ।

टुटलको बारेमा

टुटल शब्दको अर्थ हो “आरामदायी तरिकामा यात्रा गर्नु” । टुटल मात्र एक राइड सेयरिङ सेवा हो, जुन नेपालमा सन् २०१७ मा सुरु भएको थियो । साथै, यो नेपालमा राइड सेयरिङ सेवाको सुरुवातकर्ता हो । यसले नियमित ट्याक्सी भन्दा धेरै सस्तो बाइक सेवाहरू प्रयोग गर्न मानिसहरूलाई उत्साहित बनाएको थियो ।

प्रयोगकर्ताले यो एप प्रयोग गर्न GPS अन गरेर एप खोल्नु पर्छ र आफ्नो स्थानबाट गन्तव्यहरूमा सवारी बुक गर्न सकिन्छ । टुटल छिटै नै २०१७ को सबैभन्दा आशाजनक स्टार्टअपहरू मध्ये एक बन्यो । टुटल अनलाइन प्लेटफर्महरूमा अनुसन्धान गर्ने युवाहरूको समूहद्वारा सुरु गरिएको थियो । प्रारम्भमा टोली – आयुष सुवेदी, प्रिन्सी कोइराला, बिना लक्ष्मी श्रेष्ठ, शिक्षित भट्ट र अरू केहीले साझा बसहरू ट्र्याक गर्न सक्ने एप डिजाइन गरे । तर राज्यको स्वामित्वमा रहेको यातायात कम्पनीले एपमा खासै चासो देखाएन । पछि, सोही समूहले उबर, लिफ्ट र ओला जस्ता राइड सेयरिङ सेवा दिने एप डिजाइन गर्ने निर्णय गर्यो ।

पठाओमा जस्तै टुटलमा पनि राइड बुकिङ गर्न सजिलो छ । तर कहिलेकाहीँ सवारी बुक रद्द गर्दा एप क्र्यास हुन सक्छ । टुटल केही वर्ष पहिले लोकप्रिय माध्यमको रूपमा प्रयोग भएको थियो, त्यतिबेला यो नेपालको पहिलो र एकमात्र राइड सेयरिङ एप थियो । यसमा राइडरहरूको उपलब्धताको शहरको मुख्य स्थानमा निर्भर हुन्छ । कम जनसङ्ख्या भएको क्षेत्रमा राइडर फेला पार्न पठाओभन्दा धेरै समय लाग्छ । यद्यपि, टुटलले पठाओको जस्तो दिक्क लाग्दो सूचनाहरू भने पठाउँदैन । दुई प्लेटफर्महरू बीचको भाडा मूल्य तुलना गर्दा टुटल पठाओ भन्दा थोरै सस्तो छ ।

टुटल र पठाओ मार्फत तपाईंहरुले सजिलैसँग थोरै शुल्कमा सवारी बुक गर्न सक्नुहुन्छ । अझ राम्रो कुरा त तपाइको घर अगाडीनै सवारी आइपुग्छ । तपाईंले बस स्टपसम्म पनि हिंड्नु पर्दैन वा ट्याक्सी चालकसँग भाडाको बारेमा किचकिच गर्नु पर्दैन । यो एक नयाँ सुरुवात थियो, जसले युवाहरूलाई आरामदायी र सस्तोमा यात्रा गर्ने विकल्प दिएको थियो । तर यो यातायात व्यवसायीहरू, विशेष गरी ट्याक्सी संघ, जसले यी सेवाहरूले उनीहरूको व्यवसायमा बाधा पुर्याउने मात्र नभई गैरकानूनी पनि भएको दाबी गरे ।

काठमाडौंका ट्याक्सी चालकहरूले बारम्बार सार्वजनिक यातायातमा निजी सवारी साधनको प्रयोग बन्द गर्न सरकारसँग माग गर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले पटकपटक टुटल र पठाओलाई प्रतिबन्ध लगाउने प्रयास गरे पनि प्रत्येक पटक जनआक्रोशका कारण सेवा सुचारु भएको छ ।

काठमाडौँको बासिन्दाहरुलाई यी एप्पका सुविधाबाट यात्रा गर्न धेरै नै सजिलो रहेको हरेक प्रयोगकर्ताहरु बताउछन् । दिपेश ढकाल, पेशाले एक आइटी पत्रकार हुन्, उनी भन्छन्, “मेरो विद्यार्थी जीवन देखिनै यात्रा गर्दा पठाओ या टुटलको प्रयोग धेरै गर्दै आएको छु । सार्वजनिक बसमा यात्रा गर्दा आफ्नो ब्यागमा रहेको २० हजार हराएको दिनदेखि प्राय: यात्रा गर्दा पठाओको बाइक नै प्रयोग गर्दै आएको बताउछन् । यसबाट यात्रा गर्न पनि सजिलो हुन्छ र पाकेटमार देखि पनि डराउनु पर्दैन ।”

प्रज्वल प्रसाद लुइँटेल, पेसाले एक पण्डित, भन्छन्, “यो पठाओ र टुटलले गर्दा मलाई पुजा गर्न यजमनकहाँ जान निकै नै सजिलो भएको छ ।” काठमाडौँको ट्राफिक जाममा सार्वजनिक यातायातमा यात्रा गर्दा १ घण्टा भन्दा बढी लाग्ने ठाउँमा ३० मिनेट जतिमा सजिलै पुग्न सकिने लुइँटेलले बताए । “कहिलेकाही त यजमनले उनीहरुको आफ्नै मोबाइलबाट एप प्रयोग गरेर सवारी बोलाइदिन्छन् । आफ्नो पैसा पनि जोगिन्छ ।” पण्डित लुइटेलले अनुभव सुनाए, “आफ्ना मान्छेहरुका लागि सहजै सवारी खोजिदिन पाइने भएर पनि राइडिङ एपहरु मन पर्छन् ।”

रिकेश आचार्य, पेसाले एक अडिटर, भन्छन्, “महिनामा यसो १-२ चोटी रक्सी खाने बानी छ । टुटलले गर्दा राति रक्सी खाएको बेला मापसेको डर पनि नहुने, आफ्नो यात्रा सुरक्षित पनि हुने ।” बेला बेला मादक पदार्थ खानेहरुका लागि यस्ता सेवाहरु निकै सुरक्षित र उपयोगी हुने उनको तर्क छ ।

दिपक भट्टराई, पेसाले एक ट्याक्सी ड्राइभर हुन् । उनी भन्छन्, “यस्ता एपहरु नहुँदा पहिले पहिले दिनभरी ट्रिप पाउनै गाह्रो हुन्थ्यो । अहिले त यो एपको प्रयोग गर्दा एकैछिन पनि खाली बस्न पाइदैन ।” ट्याक्सी बेचेर विदेश हिडिसकेको मान्छे पठाओले गरेर नेपालमै बसेको आफ्नो अनुभव सुनाउछन् भट्टराई ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here