व्यवसाय क्षेत्रमा आफ्नो पकड बनाउँन सफल मोटरसाइकल तथा स्कूटर कम्पनी होन्डा विभिन्न समयमा समाजीक काममा अग्रसर हुने गरेको छ । यसैक्रममा कम्पनीले आफ्ना देशभर रहेका एक सय सात शोरूमका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने घोषणा गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय गरेसँगै होन्डाले यो अभियानमा हातमा हात मिलाएर अगाडी बड्ने योजना बनाएको हो ।
अब जोसुकै व्यक्तिले पनि होन्डाका शोरुममा पुगेर शौचालय प्रयोग गर्न सक्नेछन् । गत शुक्रबारदेखि शोरुम, डिलर र सबडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ।