काठमाडौंको भृकुटीमण्डपमा जेठ १८ देखि सुरु भएको बजाजको महामेला अब पर्सी सकिदै । नेपालको सबैभन्दा धेरै मोटरसाइकल विक्री गर्ने ब्राण्ड बजाजले काठमाडौंको भृकुटीमण्डपमा जेठ १८ गतेदेखि ग्राहकलाई अफरै अफर दिएर ‘महामेला’ आयोजना गरिरहेको छ ।
साथै, एक्सचेन्ज महामेलामा ग्राहकले बजाजका कुनै पनि मोटरसाइकल तथा स्कुटर नगदमा खरिद गर्दा १० हजारसम्मको छुट पाउँनेछन् । कम्पनीले ग्राहकलाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्ने सुविधा पनि उपलब्ध गराईदिएको छ । यो मेलामा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल वा स्कुटर ल्याएर बजाजका नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
मेलामा मोटरसाइकल चेकअप क्याम्प, फ्रि एशोसिरज, एकै स्थानमा १८ भन्दा धेरै भ्यालुएटर,टेष्ट राइड जस्ता सुविधाहरु रहेका छन् । यसका साथै, हरेक दिन लक्की ड्र मार्फत ग्राहकले सामसङ मोबाइल जित्न सक्नेछन् । मेला जेठ १८ गतेदेखि २४ गतेसम्म चल्ने नेपालको लागि बजाज मोटरसाइकलका आधिकारिक वितरक हुलास चन्द एण्ड कम्पनीले जनाएको छ ।