आज बिहान वातारण दिवसको अवसर पारेर अन्नपूर्ण मिडिया नेटवर्कले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा विद्युतीय सवारी साधनको र्याली गरेको छ । यो र्याली तिनकुनेबाट सुरु भई गौशाला, महाराजगंज, बालाजु, सोह्रखुट्टेहुँदै पुनः तिनकुनेमा नै आएर समाप्त भएको थियो ।
भोलिका सन्ततिका लागि आजैबाट वातावरण संरक्षणमा योगदान दिनुपर्ने र वातावरण संरक्षणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्था, सरकार र निजी क्षेत्रले हातमालो गरेर अघि बढ्नुपर्ने अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए ।
साथै, मानवीय क्रियाकलाप वातावरणमैत्री भए मात्र पृथ्वीको वातावरण राम्रो हुने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले बताए ।